काठमाडौं–गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो ।


ADVERTISEMENT


नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ । तर पदावधि र उमेर हद भने परिवर्तन गरिएको छ ।


ADVERTISEMENT

# # #


मस्यौदामा प्रहरीका सिपाहीदेखि उच्च तहका अधिकृतले ३० वर्ष मात्रै प्रहरी प्रशासनमा सेवा गर्न सक्नेछन्। तर, सेवावधिअगावै उमेरहद पार गरे जुनसुकै तहकाले साही दिन अवकाश पाउनेछ ।

प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको उमेरहद ५८ वर्ष, डीआईजी र एसएसपीको ५७, इन्सपेक्टरदेखि एसपीको ५६ र जवानदेखि सईसम्मको ५५ वर्ष तोकिएको छ । मस्यौदाअनुसार प्रहरीको जुनियर अधिकृत र जवानको भर्ना प्रदेश सरकारले लिनेछ। यसभन्दा माथिका दर्जाको भर्ना संघीय सरकारले लिने व्यवस्था छ । यस्तै, प्रदेश प्रहरी संगठन प्रमुखमा डीआईजी हुने व्यवस्था गरिएको छ ।

आईजिपीको पदावधि तीन बर्ष
गृह मन्त्रालयका अनुसार मस्यौदामा प्रहरी महानिरीक्षक आईजिपी को पदावधि एक बर्ष घटाएर तीन बर्ष मात्रै कामय गरिएको छ ।

अहिले पदावधि चार बर्ष छ ।

अआईजीपको पदावधिमा तीन बर्ष घटाएर दुई बर्षमा झारिएकोे छ । – आजको नयाँ पत्रिकाबाट