काठमाडौं–सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ बर्ष भयो । हरेक बर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ ।


ADVERTISEMENT


चालू आर्थिक बर्ष २०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ ।


ADVERTISEMENT

# # #


तामझाममै सीमित धान दिवस

गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ ।

सरकारले कृषि क्षेत्रमा लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको हो ।

यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ । – आजको नागरिक दैनिकबाट