इलाम – इलाम – २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी एका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।


ADVERTISEMENT


प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित भएका थिए ।


ADVERTISEMENT

# # #


सुहाङसंगै चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाएका छने । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष सुवास नेम्वाङको गत वर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको पदमा गत शनिबार उपनिर्वाचन भएको थियो । सुहाङले बुवाको विरासत जोगाउन सफल भएका हुन् । इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।