काठमाडौ – पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम सडक दुर्घटनामा परेकी छन् । चलचित्र ‘अनुराग’ की अभिनेत्रीसमेत रहेकी एलिजा काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा दुर्घटनामा परेकी हुन् ।


ADVERTISEMENT


बाईक दुर्घटनामा परी घाईते भएकी उनलाई उपचारको लागि धापासी स्थित् ग्राण्डी अस्पतालमा लगिए पनि डिस्चार्ज भइसकेकी छन् । एलिजालाई कुइनामा सामान्य चोट लागेको र खतरामुक्त रहेको पत्रकार धमलाले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT

# # #


बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम नगर्दा दुर्घटना भएको बुझिएको छ ।

एलिजाको निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’ साउन २५ बाट रिलिज हुँदैछ ।