काठमाडौँ– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले स्वच्छ भोजन, स्वच्छ पानी र स्वच्छ जीवनयापनले मानिसलाई रोग लाग्नबाट बचाउने भएकाले स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएकाले त्यसमा गुणस्तर र सहज पहुँचका लागि आवश्यक तयारी गरिने बताए ।


ADVERTISEMENT

# # #


जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन दक्ष जनशक्तिको व्यवस्थापन, सहज पहुँच र औषधि व्यवस्थापनका लागि सरकारबाट प्रभावकारी कदम चालिनुपर्ने आवश्यकता रहेकामा जोड दिँदै उहाँले प्रत्येक वडामा अस्पताल पुर्याउने सरकारको लक्ष्य पूरा हुने बताए। उनले १५ श्यया सम्मको अस्पताललाई स्थानीय तहबाट व्यवस्थापन गर्ने र प्रादेशिक तथा केन्द्रीय अस्पतालको अवधारणाका साथ सरकार अघि बढेकाले स्वास्थ्य सेवा आगामी दिनमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

मन्त्री यादवसँग सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, सुरिताकुमारी गिरी, डा सूर्यप्रसाद पाठकलगायतले थप स्पष्टीकरण मागेका थिए ।