भक्तपुर– अरनिको राजमार्गको जडिबुटी–भक्तपुर–सागाँ खण्डमा दैनिक जसो सवारी साधन दुर्घटनामा पर्न थालेपनि ट्राफिक प्रहरी न्युनिकरणको लागि एक्शनमा उत्रिएको छ ।


ADVERTISEMENT


पूर्वी नेपालबाट राजधानी आउने साना तथा मध्यम सवारी साधन विपि राजमार्ग हुदैँ यहिँ सडकबाट राजधानी भित्रिने भएपछि यो खण्मा अत्यधिक सवारी चाप हुने गरेको छ ।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी परिसर कार्यालय भक्तपुरको अनुसार दैनिक करिब ५ हजार ३ सय सवारीसाधन काठमाडौँ भित्रने र त्यहिनै संख्यामा बाहिरिने गरेका छन् ।

शुक्रबार बिहानै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने गत जेठ महिनामा उक्त सडक खण्डमा पाँच जनाको मृत्यु सवारी दुर्घटनाको कारणले भएको थियो ।

साँगा सूर्यविनायक खण्डमा फुटपाथ नभएकाले पनि पैदल यात्रु सडक किनाराबाट हिँड्न बाध्य हुदाँ दुर्घटनाको जोखिम बढ्ने गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी परिसर कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरिक्षक जगत नेपालीले दैनिक रुपमा ट्राफिक प्रहरी अरनिको राजमार्गको विभिन्न खण्डमा चेकजाँच गरिरहेको बताए ।

तीव्र गतिमा हुइकिने सवारी साधनलाई कारवाही गर्न उक्त सडक खण्डमा राडर गन लिएर ट्राफिक प्रहरीहरु दैनिक जसो चेकजाँच गरिहेका छन् ।

भक्तपुर ट्राफिक प्रहरी प्रमुख नेपालीले भने ‘सडक सभ्यता र संस्कतिको मनन गर्न नसक्दा दुर्घटना बढ्ने गरेको छ, आम मानिसमा चेतनाको कमीले गर्दा ६ लेन सडकमा दुर्घटना हुने गरेको छ ।’

लेन अवधारणा अनुसार सवारी नचलाउनु, अनुभवी चालक नहुनु, मादक पदार्थ सेवन गरि चलाउनु र ट्राफिक नियम पालना नगर्नाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ ।

केही दिनदेखि प्रहरीले राजमार्गको जगाती– साँगा खण्डमा त टाइम कार्ड प्रणाली समेत लागू गरेको छ ।