बाजुरा–दूध उत्पादनमा वृद्धि गरी किसानको आयस्तर बढाउने र भैंसी पालनमा किसानलाई आकर्षित पार्न बाजुराको बडिमालिका गाउँपालिकाले सुत्केरी भैंसीलाई पोषण भत्ता दिने भएको छ । आइतबार बसेको नगरपालिका बोर्डको बैठकले ब्याउने भैंसी भएको मालिकलाई भैंसीको पोषण भत्ताका लागि ५० हजार विनियोजन गरेको छ ।


ADVERTISEMENT


किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दानापानीको व्यवस्थापन गरी दूध उत्पादनमा वृद्धि गर्न भैंसीका लागि सुरक्षा भत्ता कार्यक्रम ल्याएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख शंकर सिंहले बताए ।


ADVERTISEMENT

# # #


किसानले घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिने गरेको हुँदा पशु वस्तुको आयु कम हुने, स्वास्थ्य बिग्रिएर बेला–बेला बिरामी हुने र लगानी खेर जाने समस्या कम गर्न यस्तो व्यवस्था गरिएको उनले बताए ।

यस्तै, उन्नत जातका दुधालु भैंसी र गाई भित्र्याउने किसानलाई अनुदानस्वरूप २० हजारका दरले ढुवानी खर्च दिने पनि गरपालिकाले निर्णय गरेको छ ।