काठमाडौँ–मलेसिया जानेका कामदारलार्इ ठगी गर्दै आएको अवैध कम्पनी ‘भिएलएन’का अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध करिब ३ अर्ब बिगो दाबीसहित ठगी मुद्दा दर्ता भएको हो ।


ADVERTISEMENT


वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका भिएलएनले अवैध रूपमा पैसा असुल्दै आएको थियो । उसले कामदारबाट हालसम्म करिब तीन अर्ब बराबर रकम ठगी गरेको अभियोग लगाइएको छ ।


ADVERTISEMENT

# # #


श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित सोमबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । आज (मंगलबार)बाट श्रेष्ठको थुन्छेक बयान सुरू भएको जनाइएको छ । बयानलगत्तै वादी र प्रतिवादीका वकिलहरूको बहस सुरु हुनेछ ।

प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष श्रेष्ठ भने उपचारको बहानामा हिरासतमा बस्न नमानी नर्भिक अस्पतालमा बस्दै आएका छन् ।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो ।