एजेन्सी–सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने ऐतिहासिक शिखरवार्ताका लागि उनको देशले करिब दुई करोड सिंगापुर डलर खर्च गर्ने जनाएका छन्।


ADVERTISEMENT


यो रकम नेपाली १ अर्ब ६१ करोड रुपैयाँ हो । सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ।


ADVERTISEMENT

# # #


सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन् ।

साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन् ।

उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहुप्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन् ।

बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो हो ।

सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाए ।