काठमाडौं–सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सरकारको अनुमतिबिना सञ्चालन भइरहेको उक्त कार्यालयको उपादेयता नरहेको भन्दै बन्द गर्ने निर्णय गरिएको हो । छोटकरीमा ‘युएनडिपिए’ भनिने उक्त कार्यालय बन्द गर्न सरकारले राष्ट्रसंघलाई पत्र पठाइसकेको छ ।


ADVERTISEMENT

# # #


युएनडिपिए नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको छ।

‘सरकारले संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा पु¥याएको योगदानको सराहना गर्दै राष्ट्रसघंको नेपालस्थित युएनडिपिएको कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णयबारे राष्ट्रसंघलाई पत्र पठाइसकिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘नेपालको शान्ति प्रक्रिया टुंगिसकेको र नयाँ संविधानअनुसार सबै तहका निर्वाचन सम्पन्न भई देश शान्ति र स्थिरतातर्फ अघि बढेकाले अब उक्त कार्यालय आवश्यक नरहेको ठहर गर्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो ।’– आजको नागरिक दैनिकबाट