काठमाडौँ–मूल्यबृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सम्बद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिमा नेपाल विद्यार्थी संघले विरोध जनाएको हो ।


ADVERTISEMENT


नेविसंघले आज क्याम्स अगाडि प्रदर्शन गरेकोछ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल घटाउन विद्यार्थीहरुले माग गरेका छन् । उनीहरुले सरकार माफियातन्त्रमा फसेको आरोप लगाउँदै जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने कदम नचाल्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारले मूल्यबृद्धि नघटाए थप आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ । तीन महिना यता चार पटक पेट्रोलियम पदार्थको भाउ बढाइएको छ ।