काठमाडौं–बलिउडबाट टाढा आजकाल हलिउडमा सक्रिय प्रियंका चोपडा अहिले चर्चामा छिन् ।


ADVERTISEMENT


खबरका अनुसार लामो समयदेखि ‘सिंगल’ रहेकी ३५ वर्षे प्रियंका ‘मिंगल’ भएकी छिन् । उनी आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायकसँग डेट गरिरहेको स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


प्रियंका २५ वर्षे अमेरिकी गायक निक जेनाससँग सम्बन्धमा रहेको स्रोतले दाबी गरेको छ । यूएस डेलीले नजिकको स्रोतको हवाला दिँदै भनेको छ, ‘यी दुई एक अर्कालाई डेट गरिरहेका छन् र यो निकै नयाँ हो ।

उनीहरु निकै राम्रा जोडी हुन् र एक अर्कामा एकदम रुची राख्छन् ।’ दुबैका केही फोटो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा दुबैले क्वालिटी टाइम बिताइरहेको देखिएका छन् ।

https://www.instagram.com/p/BjYgYloBBtx/?taken-by=gogirl_id

प्रियंका र निकलाई पहिले नै सँगै देखिसकिएको छ तर उनको हालै सार्वजनिक भएको फोटोमा उनीहरु एकसाथ डुङ्गामा बसिरहेको देख्न सकिन्छ ।

https://www.instagram.com/p/BjYzhP3nuvD/?utm_source=ig_embed

यो फोटोमा प्रियंका र निक एक अर्काको निकै नजिक बसिरहेको देख्न सकिन्छ । अहिले प्रियंका क्यालिफोर्नियामा छिन् ।