काठमाडौ‌ं–सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाले फास्टट्रयाक निर्माण गर्न नसक्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै त्रिपाठीले सेनासँग फास्टट्रयाक बनाउने क्षमता नभएको बताए ।


ADVERTISEMENT


‘सेनाको नेतृत्वमा फास्टट्याक बन्दैन, बम, बारुद पड्काएर मात्र फास्टट्रयाक बन्ने होइन’ उनले भने।


ADVERTISEMENT

# # #


सो अवसरमा त्रिपाठीले एनजिओ आइएनजिओका गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘उनीहरु आफै पारदर्शी छैनन्, सरकारले उनीहरुलाई प्राथमिकतामा राख्नु हुन्न’ उनले भने । एनजिओ, आइएनजिओमार्फत भित्रेको पैसा थाहा नहुने भएकाले सरकारले त्यस्ता कुराको निगरानी गर्नुपर्ने बताए । उनले बजेटमा समावेश गरिएको तेस्रो लिंगी कार्यक्रम फिर्ता लिन माग समेत गरे ।

बजेटमा ल्याइएका कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वकांक्षा भएको भन्दै पाँच लाखसम्म रोजगारी दिने कुरा पत्याउन गाह्रो भएको बताए । काठमाडौं उपत्यकामा मेट्रो मनोरेल सम्भव नभएको भन्दै त्यसतर्फ सरकार नलाग्न उनले आग्रह गरे ।