राजविराज(रासस)–सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।