भोजपुर–महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको कार्य क्षेत्र थप भएको छ । संस्थाले जेठ १० गते बाट १५ जिल्लामा लघुवित्त सेवा विस्तार गरेको महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भोजपुरका शाखा प्रमुख अशोक कुमार साहले बताए ।


ADVERTISEMENT


उनका अनुसार तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सर्लाही र महोत्तरी थप गरिएको बताए । साहले भने “यो भन्दा अगाडि १० जिल्लामा सेवा प्रदान गर्दै आएको थियो ।” सेवा प्रदान भएका जिल्लाहरुमा सप्तरी, सिरहा सुनसरी, भोजपुर, उदयपुर, खोटाङ्ग, ओखलढुङ्गा, धनकुटा, सिन्धुली र रामेछाप रहेका स्रोतबाट जानकारी प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #