काठमाडौं–काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेर संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको छ । बुधबार अपरान्ह छापा मारेर प्रहरीले कागजातसमेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।


ADVERTISEMENT


बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा माइग्रामका नाममा सो ओभरसिजले १ सय २५ रिंगिट लिने गरेको भन्दै छापा मारिएको सिंहले बताए ।


ADVERTISEMENT

# # #


‘सो म्यानपावर माइग्रामको नेपालस्थित एजेन्ट रहेछ, ‘एसएसपी सिंहले भने, अबैध रुपमा रकम असुली गरिरहेको थाहा पाएपछि त्यहाँ छापा मारिएको हो ।’ सो म्यानपावरका अर्का संचालक कमल बस्नेत फरार रहेका छन् । बस्नेत अख्तियारका पुर्ब आयुक्त दीप बस्नेतका छोरा हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही जेठ ३ गते बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णयसँगै ती कार्य गर्ने संस्थाहरुमा प्रहरीले निगरानी बढाएको छ ।

यस अघि प्रहरीले बैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारहरुसँग थप रकम असुल गरेको आरोपमा भिएलएनका रामप्रसाद श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो ।

जिएसजी सर्भिस नेपालका गोबिन्द थपलिया र बायोमेट्रिकका संचालक कैलाश खड्का प्रहरीको पक्राउ सुचीमा परेका छन् ।