काठमाडौं–आइपिएल क्रिकेटमा कोलकता नाइटराइडर्स राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


बुधबार भएको खेलमा पहिले ब्याटिङ गर्दै कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६९ रन जोड्दै राजस्थानलाई १७० रनको लक्ष्य दिएको थियो । सो खेलमा कोलकाताको तर्फबाट कप्तान दिनेश कार्तिकले ३८ बलमा ५२ रनको योगदान दिए । शभमान गिलले १७ बलमा २८ रन र आन्द्रे रसेलले २५ बलमा नटआउट ४९ रन बनाएका थिए ।


ADVERTISEMENT

# # #


जवाफी ब्याटिङमा राजस्थानले ४ विकेटको क्षतिमा १ सय ४४ रन मात्र जोड्न सक्यो । राजस्थानका लागि अजिन्का राहाणेले ४६ रन र सन्जु सामसनले ५० रन जोडेपनि उनीहरूले कोलकाताविरूद्धको खेलमा जित दर्ता गर्न सकेनन् ।

कोलकाताका पियुस चावलाले २ विकेट लिए। अब उपाधिका लागि कोककाता र हैदरावादको विजेताले चेन्नईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसअघि चेन्नईसँग पराजित भएको हैदरावादले राजस्थान रोयल्ससँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । शुक्रबार र आइतबार क्रमशः दोस्रो क्वालीफाइर र फाइनल खेल हुनेछ ।