काठमाडौं–इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका छन् । दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५.२५ इकोनोमीमा बलिङ गरेका हुन् ।


ADVERTISEMENT


यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए । दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चिए । यस ओभरमा अस्ट्रेलियन शेन वाट्सनले सन्दीपका सबै बल खेले । दोस्रो बलमा २ रन लिनबाहेक उनले अन्य बलमा एक रन लिन सकेनन् ।


ADVERTISEMENT

# # #


त्यसपछि आफ्नो दोस्रो ओभरमा सन्दिपले ६ रन खर्चिए।

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाविरुद्ध पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन् । टिमको ११औं ओभरमा आफ्नो दोस्रो ओभर फाल्न आएका सन्दीपले ६ रनमात्रै खर्चिए। धोनी र रैना तीन–तीन रन सिंगल दौडिएका थिए । सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिदैं ऐतिहासिक सफलता हात पारे । १५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए ।

आइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो । यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए । आएका सन्दीपले २ रनमात्रै खर्चिएर १ विकेट हात पारेको ओभरको पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा बिलिङ्सले १ रन लिए । तेस्रो बलमा धोनीले एक लिएर बिलिङ्सलाई स्ट्राइक दिए । तर बिलिङ्सले रन लिन सकेनन् । पाचौ बल पनि डट खेलेका उनले छैठौं बलमा एक लिएका थिए ।

यस्तै सन्दिपले आफ्नो चौथो तथा अन्तिम ओभरमा १ छक्कासहित ११ रन खर्चिए । पहिलो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरेका थिए भने दोस्रो बलमा २ रन लिएका थिए । तेस्रो बलमा एक रन लिएर धोनीलाई स्ट्राइक छोडेका थिए । धोनीले चौथो बलमा एक रन लिए । पाँचौ बलमा जडेजाले १ रन लिए भने अन्तिम बलमा धोनीले रन लिन सकेनन् ।

सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नर्इ सुपरकिंग्सलार्इ ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ । पहिले ब्याटिङ गर्दै दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नइ निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो ।

आफ्नो टोलीलार्इ जिताउन महत्वपूर्ण भुमिका खेलेपछि स्टाइलिस प्लेयर भएका सन्दीपले आफूले सकेसम्म राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् । विकेट हल्का स्किडी (चिप्लो खालको) रहेको भन्दै उनले सवै खेलाडीहरुको योगदानबाट जित सम्भव भएको बताए । ‘मैले आफ्नो उत्कृष्ट बल फाल्ने प्रयास गरेको हुँ । जति पनि नेपाली समर्थकहरुले म र टिमलार्इ सपोर्ट गरिदिनु भयो । सवैलार्इ धन्यवाद भन्न चाहान्छु,’ उनले भने ।