सप्तरी–भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् ।


ADVERTISEMENT


जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसबारे जिल्ला प्रशासन भने बेखबरझैं बनेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घर टहरा बनाएका छन् ।

केही बर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् । – आजको कान्तिपुरबाट