काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूले कर्णाली प्रदेशबाट कांग्रेस सुधारको अभियान थालेको बताएका छन् । नेपाल तरूण दलको कर्णाली प्रदेशस्तरीय प्रशीक्षण कार्यक्रमको उद्‌घाटन गर्दै वरिष्ठ नेता पौडेलले अब हामी हामी सुधारिएर आयौं भनेर जनतामा नगई जनताले हामीलाई पत्याउँदैनन त्यही भएर पार्टी सुधारको आवश्यकतालाई महशुश गरि आफूले अभियान थालेको बताए । ‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो । कर्णालीका सवै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पुग्दैछु,’ उनले भने ।


ADVERTISEMENT


वरिष्ठ नेता पौडेल तरूण दलको कार्यक्रम सुर्खेतमा उद्घाटन गरि दैलेख पुग्नेछन् । दैलेखमा कार्यकर्ता भेटघाट गरि पौडेलले जेठ १ गते कालिकोटमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् । त्यसैगरि जेठ २ गते जुम्ला, जेठ ३ गते मुगु पुगेर जेठ ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरि काठमाडौं फर्कने कार्यक्रम तय गरेका छन् ।


ADVERTISEMENT

# # #


पौडेलले सवैले पार्टी मिल्नु पर्‍यो भन्ने गरेपछि भाषणमा मात्र भनेको बताए । उनलाई पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्ने आफू मात्र भएको दाबी गरे । पौडेलले भने–‘हिजो किसुनजीलाई चुनाव हराउने लाग्ने र आज पार्टीलाई एकलौटी चलाउने भन्ने विषयको समिक्षा हुन जरुरी छ । अब एक एक गल्ती केलाएर त्यही गल्तीका कारण कांग्रेसको यो अवस्था भएको भनेर सवैले आत्मा समिक्षा गरौ भनेको हो । सवैको अस्तित्व स्वीकार गर्दै मुल्याङकनका आधारमा पार्टी चलाउन जरुरी छ । यसो भएमा मात्र पार्टी एक भएर अगाडि बढ्छ,’ पौडेलले भने ।

नेता पौडेलले लोकतन्त्र र समाजवाद भनेको सामाजिक समानता भएको भन्दै समाजवाद र लोकतन्त्र अनुरूपको व्यावहार अब कांग्रेस सुधारका लागि आवश्यक रहेको बताए । उनले भने–‘वीपी कोइराला आर्दश र व्यवहारको खानी हुनुहुन्थ्यो । हामीले वीपीको आर्दशलाई अंगिकार गरौ तर व्यवहार बोक्न सकेनौ त्यसैले आज कांग्रेसको अवस्था यो भयो ।’

तरूण दल परिवर्तनको सम्बाहक भएको भन्दै पौडेलले तरूण दलले आफ्नो छविलाई कायम गरेर गाँउ गाँउमा पुग्न निर्देशन दिए । पौडेलले देश विभाजन हुनबाट कांग्रेसले बचाएको कांग्रेसको सिद्धान्तको जीत भएको तर पार्टी हारेको विषयको मुल्याङकन गरे आगाडि जाने सके मात्र कांग्रेसलाई जनताले पत्याउने बताए । ‘कम्युनिष्ट मिलेर चुनाव हारियो भन्नु हाँस्यास्पद हो । अहिले हाम्रो कारणबाट कांग्रेस हारेको हो त्यसको समिक्षा हुनुप र्छ। अनि जसले जति जिम्मेवारी लिनुपर्ने हो लिनु जरुरी छ,’ उनले भने, ‘सरकारमा हुँदा राम्रो निर्णय र काम नभएका कारण नै हामी पछाडि परेका हौ । अब कांग्रेसलाई कांग्रेस बनाउन जरूरी छ । निरकुंश र स्वेच्छाचारिता पार्टीमा हुनु भएन । त्यागको पूजा हुन्छ भोगको पूजा हुँदैन भनेर मैले सभापतिलाई भनेको तर मान्नु भएन ।’