काठमाडौं–सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा सोमबार रात गएको पहिरोले राजमार्ग अवरुद्ध बनेको छ । तानसेन बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।


ADVERTISEMENT


बिहान करिब १ बजेतिर पहिरो खसेपछि दोभान–बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द बनेको छ।


ADVERTISEMENT

# # #


पहिरो खसेपछि सडक खुल्न नसकेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ। पहिरो खस्ने क्रम रोकिएकाले पहिरो पन्छाउन सुरू भएको प्रहरीले जानकारी दिएको छ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन्।