काठमाडौँ– विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रले सरकार अधिनायकवादतर्फ लम्किएको बताएका छन् । उनले आफ्नो पार्टी कार्यालयमा मोदीको नेपालभ्रमणबारे राखिएको ब्यानर हटाउन लगाएर अधिनायकवादको संकेत गरेका बताएका हुन् ।


ADVERTISEMENT


विवेकशील साझा पार्टीले शुक्रबार आफ्नो कार्यालयमा “मोदीजी स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौ” लेखेको ब्यानर झुण्ड्याएपछि प्रहरीले निकालेको थियो । फेरि झुण्ड्याउँदा पनि प्रहरीले उक्त ब्यानर जबरजस्त निकालेको थियो ।


ADVERTISEMENT

# # #


मिश्रले ट्वीट गर्दे भनेका छन्, ‘ब्यानर राख्ने र प्रहरीले झिक्ने क्रम जारी छ। पार्टी कार्यालयमा प्रहरी तैनाथ छन्।केही नबिथोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि हष्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत हो।’

भारतीय प्रधानमन्त्री यतिखेर दुईदिने नेपाल भ्रमणका लागि काठमाडौँमा छन् । उनको भ्रमणप्रति सामाजिक सञ्जालमा अधिकांशले विरोध जनाइरहेका छन् ।