काठमाडौँ – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली (शनिबार) मुक्तिनाथ जाँदैछन्। आज जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ। उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन्।


ADVERTISEMENT


प्रधानमन्त्री मोदीको लागि मुक्तिनाथमा हेलप्याड निर्माण गरिएको छ। आकस्मिकताको लागि भन्दै मुक्तिनाथमा पाँचवटा हेलिप्याड बनाइएको छ।


ADVERTISEMENT

# # #


मोदीको स्वागतको लागि जिल्ला समन्वय समिति मुस्ताङका सभापतिको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय रहेको स्वागत समिति बनाइएको छ।

आज ४ बजेदेखि भोली दिउँसो १२ बजेसम्म मन्दिर परिसर सर्वसाधारणको लागि बन्द गरिएको छ।

तस्बिरहरु : रासस