रियाद–साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबेरले इरानले आणविक हतियार बनाएमा साउदी अरबले पनि हतियार निर्माण गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको आणविक सम्झौताबाट बाहिरिएपछि इरानले आणविक हतियार बनाएछ भन्ने एक थरीले अनुमान गरिरहेका छन् । त्यस्तो भएमा साउदी अरबले के गर्छ भन्ने प्रश्नमा जुबेरले भने, “यदी इरानले आणविक क्षमता हासिल ग¥यो भने हामी पनि उस्तै क्षमता हासिल गर्नको लागि सम्पूर्ण क्षमता प्रयोग गर्नेछौं ।”


ADVERTISEMENT


तेलको धनी साउदी अरबले पहिलेदेखि इरानसँग भएको हरेक हतियार आफूले हासिल गर्ने बताउँदै आएको छ ।
मध्यपूर्व एशिया यी दुई क्षेत्रीय शक्तिबीच यमनको सत्ता कब्जा गरेर बसिरहेका हुथी विद्रोहीहरुको विषयमा विवाद बढिरहँदा यो भनाई आएको हो । हुथीहरु शिया सम्प्रदायका भएकाले शिया गणतन्त्र इरानले उनीहरुलाई हतियार दिएर सहयोग गरिरहेको साउदी अरबले आरोप लगाउँदै छ ।


ADVERTISEMENT

# # #


साउदी अरबले हुथीहरुलाई यमनको सत्ताबाट हटाउनको लागि एक क्षेत्रिय गठबन्धनको नेतृत्व गरेर यमनमा बम हमला गरिरहेको छ । साउदी अरबको आक्रमण हुन थालेपछि हुथीहरुले छिमेकी साउदी अरबमा मिसाइल प्रहार गर्न थालेको छ ।

“यी रकेट मिसाइलहरु इरानमा बनेका हुन र त्यहाँबाट हुथीहरुलाई पठाइएको हो,” जुवियरले सीएनएनसँगको कुराकानीको अवसरमा भने । “हामीले इरानसँग प्रत्यक्ष युद्ध पन्छाउन हदैको कोशिश गरिरहेका छौँ । तर इरानको यस्तो व्यवहार जारी रहेका युद्ध घोषणा गरेको मानिनेछ,” जुवियरले भने ।

बुधबार रियादमा प्रहार गरिएको दुई ब्यालेष्टिक मिसाइललाई साउदी अरबको हवाई प्रतिरक्षा फौजले आकासमै नष्ट गरेको सरकारी सञ्चार माध्यमले बताए ।

सिङ्गापुरको एस राजारत्नम स्कुल अफ इन्टरनेश्नल स्टडीज्का मध्य पूर्व विज्ञ जेम्स डोर्सीले भने “खासमा साउदी अरबको चिन्ता समस्या समाधानभन्दा पनि इराननै हो । उनीहरुले अमेरिकालाई प्रभावमा पारेमा इरानसँगको सम्झैता रद्ध गर्न लगाए । केही अघि साउदी युवराजको अमेरिका भ्रमण यसैमा केन्द्रित थियो । उनीहरु इरानमाथि पुनः नाकाबन्दी शुचारु गरेर इरानको अर्थतन्त्रमा हमला गर्दैछन् ।”