काठमाडौं– सांंसदहरुले तराई मधेसमा हावाहुरीबाट पीडित जनताका लागि तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरेका हुन् ।


ADVERTISEMENT


सांसद राजकिशोर यादव, उमाशंकर अरगरिया, प्रेम सुवाल लगायतले अहिलेसम्म सरकारको तर्फबाट हावाहुरीबाट प्रभावितको नाममा कुनै सम्बोधन नभएको भन्दै पीडितको तत्काल उद्धार र राहतको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए ।


ADVERTISEMENT

# # #


सांसद राजकिशोर यादवले सिराहा बजारमा हावाहुरीका कारण अन्नबाली र पशुचौपायमा ठूलो क्षति भएको भन्दै राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराए । मौसम विज्ञानले पूर्व जानकारी नगराएको तर्फ पनि उनले गम्भीर ध्यानाकर्षण गराए ।

गएरातीको हावाहुरीका कारण तराईका अधिकांश जिल्ला प्रभावित भएका छन् । विशेष समयमा बोल्ने दल बहादुर धानी, देवेन्द्रराज कँडेल लगायत सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समय सीमा सुरक्षाको प्रत्याभूति, सीमा क्षेत्रमा नेपाली लुटिने क्रम रोक्नुको साथै पुनःनिर्माणमा दिने भनिएको अनुदान सहायता रकमबारे पनि छलफल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।