काठमाडौं– संघीय संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ बहुमतले स्वीकृत भएको छ ।


ADVERTISEMENT


शिक्षा तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले पेश गरेको प्रस्तावमा नेमकिपाका प्रेम सुवालले अध्यादेश अस्वीकार गर्न प्रस्ताव गरेका थिए । तर, सभामुख कृष्ण बहादुर महराले मत विभाजन गर्दा अध्यादेशका पक्षमा बहुमत सांसदले प्रस्तावको पक्षमा ‘हुन्छ’ भनेर समर्थन गरेका थिए ।


ADVERTISEMENT

# # #


संसद बैठकमा मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ आवाश्यक भएको भन्दै यस क्षेत्रमा देखापरेका विकृति विसंगतिको अन्त्य गर्न अध्यादेश अघि बढाएको जानकारी गराएका थिए ।