नवलपरासी– नवलपरासी पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ३७७९ नंको ट्रकले बाटामा ठेला लिएर हिँडिरहेका सोही ठाउँ निवासी अन्दाजी ४० वर्षीय सागर पोख्रेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटना मध्यविन्दु नगरपालिका–११ अरुणखोला पुल नजिकै भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।