काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन भन्दै पठाइएको आमन्त्रण–पत्रमा उनको नाम नै विग्रिएको पाइएको छ ।


ADVERTISEMENT


मोदीको पुरा नाम नरेन्द्र दामोदरदास मोदी हो । तर, निमन्त्रणपत्रमा दामोदरको ठाउँमा दामोदार भएको छ ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री मोदीको बैशाख २८ गते प्रदेश नम्वर २ को आयोजनामा जनकपुरमा नागरिक अभिनन्दनको कार्यक्रम छ ।

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको नाममा आमन्त्रण–पत्र वितरण गरिएको छ । बैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुँदैछ ।

मोदीले मुक्तिनाथको पनि भ्रमण गर्नेछन् ।