काठमाडौं–माओवादी संसदीय दलको सोमबारको बैठक मंगलबार पुनः बस्नेगरी सकिएको छ ।


ADVERTISEMENT


सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा सोमबार बिहान बसेको बैठकमा आर्थिक वर्ष ०७५/७६ को बजेटका बारेमा छलफल सुरु भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


आजको बैठकमा माओवादी सांसदहरुले वजेटबारे आ–आफ्ना धारणा धारणा राखेका थिए ।

सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता भुषालले जनाइन् ।