काठमाडौं– विगतका दिनहरुमा पनि विद्यार्थीहरुलाई न्याय दिलाएको सीटीइभीटी राष्ट्रिय कमिटिले हालसालै फेरी अन्यायकोविरुद्धमा आवाज उठाएको छ ।


ADVERTISEMENT


नेकपा एमाले निकट अनेरास्ववियु सीटीइभीटी राष्ट्रिय कमिटीले गत वैशाख ६ गते सीटीइभीटीमा पेस गरेको ज्ञापनपत्र बुझाएपनि वार्ता असफल भएको थियो । तीन चरणका असफल वार्तापछि सीटीइभीटी राष्ट्रिय कमिटिले त्यसपछि लग्गतै अन्तिममा हिजो (आईतबार) वार्ता गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


वार्तापछि अनेरास्ववियुले सीटीइभीटी राष्ट्रिय कमिटी र सीटीइभीटीबीच १२ बुँदे सहमती पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतीपत्रमा अन्तिम वर्ष र पुनः परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ७५ दिनभित्र प्रकाशित गर्ने, टीएसएलसीका विद्यार्थीलाई दिईँदै आएको छात्रवृद्धिलाई बढाएर १० प्रतिशत पुर्याउने, सबै संकायका कोअर्डिनेटरको कामलाई प्रभावकारी र पारदर्शी बनाउने लगायतका कुरा उल्लेख छन् ।

अन्याय तथा शोषणमा परेका विद्यार्थीहरुको पक्षमा अनेरास्ववियुले राखेका महत्वपुर्ण जायज मागहरू पूरा गर्न बाध्य बनाएको कुरा अनेरास्ववियु सिटिइभिटि राष्ट्रिय कमिटीका अध्यक्ष रमेश सिंह ठकुरीले हिमालय पोष्टलाई जानकारी दिए।

यस्तो छ सहमतीपत्र :