काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बढ्ता बलियो भयो भनेर टिप्पणी हुने गरेको बताएका छन् । एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बलियो व्यक्ति तानाशाह हुने उल्लेख गरे । तर लोकतन्त्रका लागि लडेको व्यक्ति तानाशाह हुन नसक्ने उनको भनाई थियो ।


ADVERTISEMENT


‘हामी लोकतन्त्रमा छौं’, ओलीले भने, ‘हामीले दमन गर्छौं कि भन्ने भ्रम छ । तर विल्कुल हुदैँन ।’ ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति सत्तापक्ष सहिष्णु र उदार हुने बताए । ‘उहाँहरू असहिष्णु भए तत्काल न चुनाव हुन्छ न सरकार परिवर्तन’,ओलीले भने, ‘बढ्ता कराउनु भयो भने घाँटीमा समस्या हुन्छ ।’


ADVERTISEMENT

# # #


उनले कांग्रेस नेता शेखर कोइरालाको भनाइप्रति लक्षित गर्दै ‘फू’ गर्दा सरकार नढल्ने दाबी गरे । ‘फू गरेर ढालिन्छ भनेको सुनें’, ओलीले भने, ‘काकाले भनेको सुनेर होला । तर यो सरकार दृढ छ । जनताको म्याण्डेट छ ।’ प्रधानमन्त्री ओली सरकार बन्दै गर्दा छिमेकीसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने संशय अहिले हटेको दाबी गरे ।

‘धेरैले छिमेकी सम्बन्ध राष्ट्रिय हितमा लगाउन सक्दैन भन्ने सोचेको थियो’, ओलीले भने, ‘छिमेक सम्बन्ध समुचित ढंगले प्रयोग गर्न सकिन्छ ।‘