काठमाडौं–प्रदेश ४ को बजेट आइतबारको प्रदेश बैठकमा बहुमतले पारित भएको छ । विपक्षी दलले असहमति जनाउँदा जनाउँदै पनि बैठकको ध्वनिमत आधारमा बजेट पारित गरेको हो ।


ADVERTISEMENT


वैशाख १९ प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेका थिए । बजेटमाथि २० गते छलफल गरेको थियो भने २१ गतेको प्रदेशसभामा बैठकमा प्रतिपक्षीदलहरू नेपाली काग्रेस र नयाँ शक्ति पार्टीले संसद अवरोध गरेका थिए । यो विषयमा आइतबार अबेरसम्म कार्यव्यवस्थ परामर्श समितिको बैठक बसी सहमतिको वातावरण तयार गरेपछि बजेट पारित गर्ने बाटो खुलेको हो ।


ADVERTISEMENT

# # #


बजेटमा चालू खर्चतर्फ ४८ करोड ३ लाख ७५ हजार र पूँजिगत खर्चतर्फ ५४ करोड १ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री गुरूङले यो वर्ष कानुन र संरचना निर्माणलाई प्राथमिकता दिइएको हुँदा सरकारले नीति तथा कानुनहरू बनाएर अर्को वर्ष ठूलो आकारको बजेट ल्याउने बताए ।

बजेटले पहिलो प्राथमिकता पर्यटन क्षेत्रलाई दिएको छ। त्यसै गरि ऊर्जा, कृषि क्षेत्र, औद्योगिक क्षेत्र, पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा उच्च प्रथामिकता दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले बजेट विनियोजन गरेका छन् ।

बजेटले प्रदेश ४ को पर्यटन विकासका लागि तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने, अपर काली, लोहर काली, मादी सेती लगाएतका स्थापनमा र्‍याफ्टिङ सञ्चालन गर्न गुरुयोजना निर्माण गर्ने, पर्यटन प्रवद्र्धन गर्न सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रियस्तरको पोखरा भ्रमण वर्षको तयारीका लागि बजेट छुट्याएको गुरुङले बताए ।

त्यसै गरि काठमाडौ–पोखरा–लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्ने रहेको छ ।

त्यसै गरि उज्यालो प्रदेश अभियान अन्तर्गत विजुली बत्ती नपुगेको क्षेत्रमा दुई वर्षमा विजुली बत्ती पुर्‍याउन १ करोड रूपैया, प्रत्येक गाउँपालिकामा मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न अध्ययनका लागि १ करोड, विशेष औद्योगिक क्षेत्र स्थापना गर्न २० लाख, शहिदको स्मृतिमा पार्कका निर्माण गर्न गुरूयोजनका लागि ५० लाख, दुई जिल्ला सदरमुकामा जोड्ने सडकका लागि ९ करोड ३६ लाख बजेट विनियोजन गरेका छन् ।