काठमाडौं–साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ ।


ADVERTISEMENT


त्यस्तै अवैध सुनका कारोबारीबाट सरकारी ढुकुटीमा विप्रेशणको कमी आउने, नगद डलरको अभाव हुने, अर्थतन्त्र असन्तुलित हुने तथ्य पनि समेटिएको छ ।


ADVERTISEMENT

# # #


सुन तस्करहरुले हुन्डी कारोबार गर्ने हुनाले बजारमा भएको नगद विदेशी मुद्रा जम्मा पारेर सुन आयातका लागि अनौपचारिक प्रणालीमार्फत विदेश पुर्याउनाले देशमा विदेशी मुद्राको अभाव हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा रेमिट्यान्सको ४० प्रतिशत हिस्सा हुन्डीबाट आउने र त्यो रकम सुन खरिदमा प्रयोग भएको बताइएको छ । – आजको कान्तिपुरबाट