काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बयान बारम्बार विवादमा छाइरहन्छन् । उनको पछिल्लो पटकको बयानले पनि विवाद निम्त्यायो । यसपटक फ्रान्सले विरोध जनाएको हो । मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को पेरिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने ट्रम्पको भनाइ यसपटक विवादास्पद बनेको हो ।


ADVERTISEMENT


शुक्रवार टेक्ससमा नेहनल राइफल असोसिएसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने, ‘यदि पेरिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए ।’


ADVERTISEMENT

# # #


उक्त, हमलामा १ सय ३० जना मारिएका थिए । फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ । सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक–एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए ।

यद्यपी, वास्तविकतामा पेरिस हमलाका पीडित १ सय ३० जनामाथि अन्धाधुन्ध गोली चलाइएका थिए र बम भएका बेल्टहरू बिस्फोट गराएका थिए । पेरिस हमला गरिएका बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई लज्जास्दप बताएका छन्। ओलान्दले थपे, ‘ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ ।’

तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अभद्र र अक्षम । योभन्दा बढी म के भन्न सक्छु र ?’

हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति इम्यानुएल म्याक्रोंले भने ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो।

नेहनल राइफल अशोसिएसनलाई नै गरेको सम्बोधनमा ट्रम्पले लण्डनमा हुने गरेका चक्कु प्रहारका घटनाको आलोचना गर्दै सो शहरका अस्पतालहरूलाई युद्धक्षेत्रसँग तुलना गरे।