काठमाडौं–आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब आर्सनललाई १– गोलले पराजित गर्दै समग्रमा २ – १ को जितसहित स्पेनिस क्लब एथ्लेटिको उपाधि नजिक पुगेको हो।


ADVERTISEMENT


घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन डिएगो कोष्टाले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । उक्त गोल नै एथ्लेटिकोलाई फाइनलमा पुग्न प्रयाप्त रह्यो ।


ADVERTISEMENT

# # #


यसअघि आर्सनलको मैदानमा भएको दुई टोलीबीचको पहिलो लेग खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

अब उपाधिको लागि एथ्लेटिकोले फ्रेन्च क्लब मार्सेलीसँग खेल्ने छ । मार्सेलीले अष्ट्रियाको रेडबुल साल्जवर्गलाई समग्रमा ३–२ गोल अन्तरले हराएर फाइनलमा प्रवेश गरेको हो ।

बिहिबार राति नै भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा सिमित साल्जवर्गसँग २–१ ले पराजित भए पनि पहिलो लेगको जितले मार्सेली फाइनलमा पुगेको हो । फाइनल खेल मे १६ मा लियोनमा हुनेछ ।