काठमाडौं–भारतको राजस्थान र उत्तर प्रदेशमा आएको भीषण हावाहुरीका कारण कम्तिमा ७५ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


धूलो धुँवासहित आएको हावाहुरीका कारण बुधबार त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । हुरीका कारण विद्युत अवरुद्ध भएको छ भने ठूलो संख्यामा पशु चौपायाको पनि मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


धेरै मानिसहरूको सुतेको समयमा नै एक्कासी आएको हुरीका कारण ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

यसैबीच पीडितहरूको उद्धारको लागि तत्काल टोली खटाइने राजस्थानका मुख्य मन्त्रीले बताएका छन् ।

घटनाबाट भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।