काठमाडौँ–रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गते देखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको छ ।


ADVERTISEMENT


र, बाँकी ७ लाख ६४ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आवेदन जेठ ३ गतेसम्म भर्न पाइनेछ । तोकिए बमोजिम आवेदन नपरेको अवस्थामा भने कम्पनीले जेठ १९ गतेसम्मका लागि समय थप गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


न्युनतम ५० कित्ता र अधिकतम ४ हजार २०० कित्ता समम्का लागि आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सँस्थाबाट सी— आस्वा मार्फत सेयर भर्न सक्ने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो ।