काठमाडौं – स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले चितवन, भरतपुर महानगरपालिका वडा नं.२ का ३७ को रमेश सापकोटालाई सोल्टीमोडबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


सापकोटा बा १३ च ५६०२ को नम्बरको भाडाको गाडीमा सवार थिए । चेकजाँचका क्रममा उनीसँग २० लाख रकम भेट्टिएको र स्रोत देखाउन नसकेपछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


पक्राउ परेका सापकोटाको चितवनमा मोवाइल पसल रहेको बताइएको छ । उनलाई थप अनुसन्धानका लागि सम्पति शुद्धीकरण विभागमा पठाईएको एसएसपी पोखरेलले बताए ।