काठमाडौं – ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी गरेकै दिन बुधबार (आज) एसएसपी दिवेश लोहनी पनि पक्राउ परेका छन् । बयानका लागि मंगलबार विराटनगर पुगेका लोहनीको बयान चिक्तबुझ्दो नभएपछि उनलाई पक्राउ गरिएको हो ।


ADVERTISEMENT


सुन प्रकरणमै सनम शाक्यको हत्या भइसकेको छ । त्यो घटनामा आफ्नो कार्यक्षेत्र मिचेर अपराध महाशाखका एसएसपी दिवेश लोहनीले टोली विराटनगर पठाएका थिए । ३३ किलो सुन गोरे भनिने चूडामणि उप्रेतीको भएको अनुसन्धान समितिले निष्कर्ष निकाल्दै उनीविरुद्ध रेडकर्नर जारी समेत गरिसकेको छ ।


ADVERTISEMENT

# # #


यसअघि अपराध महाशाखाकै डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसहित पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् ।

स्रोतका अनुसार लोहनीलाई अनुसन्धानका लागि म्यादसमेत लिइसकिएको छ ।