काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर चलखेल भएको बताएका छन् ।
पेरिसडाडाँमा मंगलबार पत्रकारहरुसँग सक्षिप्त कुरानकानी गर्दै अध्यक्ष प्रचण्डले लामो छलफल र सहमतिपछि र पारित भएको विद्येयकमा कुलिङ पिरियडबारे भएको बदमासीबारे छानविनका लागि आफूहरुले पहल गर्ने बताएका हुन् ।
‘समितिबाट जसरी पारित भयो, संसदमा जाँहा कहीँ न कहीँ चलखेल गरेको, कसै न कसैले सचेत रुपमा गडबढ गरेको देखिएको । उनले भने, ‘यसको बारेमा गम्भीर रुपले छानबिन हुनुपर्ने, कसले चलखेल गर्यो, त्यसमाथि कारबाही गर्नुपर्ने अवस्था आइलागेको छ ।’
कुलिङ पिरियडको व्यवस्था हेरफेरबारे कहाँनिर चलखेल भएको छानबिन हुनुपर्ने भन्दै ताकेर कसैलाई आरोप लगाउन सक्ने अवस्था नभएको उनले धारणा राखे । यस्तो संवेदनशील र गम्भीर विषयमा राजनितिक नेतृत्व तहमा छानबिनका लागि छलफल गर्ने उनले बताए ।
कुलिङ पिरियडमा भएको त्रुटीबारे मुख्य सचेतकबाट बुझेपछि मात्र माओवादी केन्द्रका तर्फबाट आधिकारिक निर्णय आउने प्रचण्डले जानकारी दिए ।