लन्डन–लिभरपुलका स्टार मोहम्मद सालाह मंगलबार फुटबल लेखक संघ (एफडब्लुए) को तर्फबाट वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।


ADVERTISEMENT


लिभरपुलका लागि गोल मसिन जस्तै विपक्षी पोष्टमा हावी हुँदै आएका उनले यसैपाली व्यावसायिक खेलाडीहरुको तर्फबाट पनि उत्कृष्ट खेलाडीको पुरस्कार जितिसकेका छन् ।


ADVERTISEMENT

# # #


४ सय सदस्य रहेको एफडब्लुएका सदस्यहरुले गरेको मतका आधारमा पाउने पुरस्कारमा इजिप्टका अन्तर्राष्ट्रिय खेलाडी सालाहले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनालाई झिनो अन्तरमा पछि पारेका थिए । समाचारमा जनाइएअनुसार सालाह र डी ब्रुयनाबीचको मतअन्तर २० भन्दा पनि कम थियो । टोटेनह्यामका स्ट्राइकर ह्यारी केन तेस्रो स्थानमा आए ।

पत्रकारहरुको मतमध्ये ९० प्रतिसतभन्दा बढिमा गत वर्ष एएस रोमाबाट लिभरपुल आएका सालाह र पाँच खेल बाँकी रहँदै सिटीलाई प्रिमियर लिग जिताउन योगदान गरेका डी ब्रुयनालेमात्र कब्जा गरेका थिए ।

चेल्सीबाट खेल्दै इङल्यान्डमा पहिलो कार्यकाल विताउने क्रममा औसतभन्दा तलको प्रदर्शन गरेका सालाहले यसपाली लिभरपुलको जर्सीमा पहिलो सिजन खेल्दा ४८ खेलमा ४३ गोल गरिसकेका छन् । उनकै प्रेरणामा योर्गान क्लोपको टोलीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा एएस रोमामाथि ५–२ को जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

गत महिना समकक्षी खेलाडीहरुबाट पुरस्कृत भएका सलाह १९४८ देखि स्थापित एफडब्लुए पुरस्कार जित्ने पहिलो अफ्रिकी खेलाडी पनि बनेका छन् । ‘१९६८–६९ मा म्यानचेस्टर सिटीका टोनी बुक र डर्बीका डेभ म्याकेपछि यो पुरस्कारमा यसपाली यति धेरै प्रतिस्पर्धा भयो,’ एफडब्लुएका अध्यक्ष प्याट्रिक बार्कलेले भने, ‘गत साता हामीले यसपाली कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थियौं ।

केभिन डी ब्रुयनामाथिको समर्थन अत्यन्तै सशक्त थियो । तर मोहम्मद सालाह यसपाली निक्कै उच्च फर्ममा छन् । उनकै फर्मले लिभरपुललाई धेरै खेलमा जित दिलाएको छ । रोमाविरुद्ध उनले दुई उत्कृष्ट गोल गरे । रोमाविरुद्धका दुई गोलका कारण उनी साँघुरो अन्तरमा जित हासिल गरे ।’