धादिङ–पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिक १२ किलो भन्ने ठाँउमा चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ ।


ADVERTISEMENT


मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किएको थियो ।


ADVERTISEMENT

# # #


मोटरसाइकलाई जोगाउने क्रममा ट्रक गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएको थियो । त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको हो ।

आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।