इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा मुम्बई इन्डियन्सले छैठौं पराजय बेहोरेको छ । बलरहरुले सम्हालिएको प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको हो ।


ADVERTISEMENT


जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो । यो जितसँगै बेंगलोरले भने लिगमा तेस्रो जित हासिल गरेको छ । उता मुम्बईको ८ खेलबाट छैठौं हार हो ।


ADVERTISEMENT

# # #


ओपनर इशान किशन पहिलो बलमै टिम साउथीको बलमा बोल्ड भएपछि मुम्बईले खराब सुरुआत लिएको थियो । चौथो ओभरमा उमेश यादवले पहिलो बलमा सूर्यकुमार यादव र त्यसपछि अर्को बलमा नयाँ ब्याट्सम्यान मुम्बईका कप्तान रोहित शर्मालाई शून्यमै पेभेलियन फर्काए । २१ रनमै मुम्बईले शीर्ष ३ ब्याट्सम्यान गुमाएको थियो ।

काइरन पोलार्डले १३, जेपी ड्युमिनीले २३ तथा हार्दिक पान्ड्याले ५० रन जोडे पनि जितका लागि त्यो पर्याप्त रहेन । क्रुनाल पान्ड्याले २३ तथा र बेन कटीङले १२ रनसमेत जोडेका थिए । बेंगलोरका लागि साउथी, यादव र मोहमद सिराजले समान २–२ विकेट लिए।

यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । उसका लागि खराब प्रदर्शन गररहेको बेंगलोरलाई कप्तान विराट कोहलीले सम्हाले भने अन्तिमका ब्याटस्म्यान कोलिन डे ग्राण्डहोमले आक्रमक ब्याटिङ गरेपछि बेंगलोरले सम्मानजनक स्कोर बनाएको थियो ।

ग्राण्डहोमले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए । कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्का सहित ३२ रन जोडेपछि बेंगलोर सम्हालिएको थियो ।

ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन भोराले सम्हालिएको प्रदर्शन गरेका थिए । भोराले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रन जोडे । ब्रेन्डन मक्कुलमले ४ चौका र २ छक्का प्रहार गर्दै २५ बलमा ३७ रन जोडे । मन्दिप सिंहले १० बलमा १४ रन जोडेपनि वासिङ्टन सुन्दर र टिम साउथी समान १ रनमा पेभेलियन फर्किए ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ३ विकेट तथा जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले १–१ विकेट लिए ।

जितपछि बेंगलोर ६ अंक सहित सातौं स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक जोडेको मुम्वई सातौं स्थानमा छ ।