काठमाडौं–रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २–२ को बराबरी भए पनि समग्रमा ४–३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो ।


ADVERTISEMENT


मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो । जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा पनि दुवैले एक–एक गोल गरे । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । तर ६३ औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलमा वायर्न बराबरी गर्न सफल भयो ।

रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन । बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले बललाई जाली चुम्नबाट जोगाए र वायर्न सेमिफाइनलमै रोकिन बाध्य भयो ।

सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो ।

फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।