काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रतिपक्ष दल नेकपा९एमाले०कै सहभागितामा संविधान संशोधन हुने बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा मन्त्री नायकले देशको समस्या समाधान गर्नका लागि प्रमुख प्रतिपक्ष दलको पनि ठूलो भूमिका रहने भएकाले कुनै पनि हालतमा एमाले संविधान संशोधनका लागि सहभागी हुने बताए ।


ADVERTISEMENT

# # #


मन्त्री नायकले दोस्रो चरणको निर्वाचनको मिति तय गर्दाको अवधि धेरै लामो भयो भन्ने कुरामा टिप्पणी गर्दै भने, “निर्वाचनको मिति हामीले निर्वाचन आयोगसँग परामर्श गरेर नै तय गरेका छौँ, त्यसैले सहमतिका साथ अघि बढ्नुको विकल्प छैन ।”

कार्यक्रममा नेपाली काँग्रेसका नेता महेन्द्र यादवले संविधान कार्यान्वयन गर्न पनि संशोधन गर्नुपर्नेमा जोड दिए । एमालेका केन्द्रीय सल्लाहकार केशवप्रसाद बडालले संविधान संशोधन प्रस्ताव राष्ट्रको हितविपरीत हुन लागेको भन्दै एमाले कुनै पनि हालतमा संशोधन प्रक्रियामा सहभागी नहुने दोहोयाए ।
राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले संशोधन प्रस्ताव पारितका लागि एमालेलाई सहयोग गरिदिन आग्रह गर्दै संशोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।