रुकुम– यहाँ आज अपराह्न जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग१ ज २०६ नंको जिप दुर्घटनामा तीन११ जना घाइते भए । घटनामा चौरजहारी नगरपालिका– ८ का एकवर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेत र एक जना परिचय नखुलेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आठबिसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जिप दुर्घटना भएको हो । क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उन्नाइस यात्रु सवार जिप सडकभन्दा करिब १५० मि तल ठूलोभेरी नदीमा परेको थियो । घाइतेलाई जिल्ला अस्पताल जाजरकोट र केहीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको बताइएको छ । बेपत्ताको खोजी जारी छ भने जिप चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।