काठमाडौं–पश्चिम लमजुङको भोर्लेटार क्षेत्रमा शुक्रबार दिउँसो परेको असिनाले खेतिबाली पुरै नष्ट भएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ५, ६ र ७ मा परेको असिनाले फलफूल, तरकारी र मकैबालीलाई र्पूण रुपमा क्षति गराएको स्थानीय रामचन्द्र पौडेलले बताए ।


ADVERTISEMENT


आधा घन्टासम्म निरन्तर रुपमा असिना परेको मध्यनेपाल– ७ निवासी कुसुमाकर माविका शिक्षक युवराज घिमिरेले बताए । उनका अनुसार कास्कीको पनि केही भागमा असिनाले नोक्सान पुर्याएको छ । त्यसैगरी, वडा नं– ६ निवासी ईशानेश्वर क्याम्पसका प्रमुख रमेशचन्द्र घिमिरेले भने असिनाका कारण भएको क्षतीको विवरण आज आउने छ कति नोक्सन भयो यकिन छैन ।


ADVERTISEMENT

# # #


उनले छिंगा लागेका फलफूल देखि मकै र हिउँदे धानसमेत छियाछिया परेको बताए । यति ठूलो असिना विरलै परेको आफूले थाहा पाएको घिमिरेको भनाई छ । असिनापानीका कारण त्यस क्षेत्रका करिब चारसय कृषक ठूलो मारमा परेको बताइएको छ ।