काठमाडौं–रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको ५० विगाह खेतमा लगाईएको गहुँबाली जलेर नष्ट भएको छ । देशभर खुशीयाली र उत्साहका साथ नया वर्ष २०७५ मनाईरहँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया गाउंमा भने १९ जना किसानको गहुँबाली जलेर नष्ट भएको हो।


ADVERTISEMENT


शनिबार बिहान ११ बजे सानो पडरियाको सिमानाबाट लागेको आगो गहुँ लगाईएको खेतभरी फैलिएको थियो । स्थानीयवाशी नयाँ वर्ष मनाउन तल्लिन भईरहेको र हावाहुरीको कारण पनि समयमा आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय नजीर मियाले बताए ।


ADVERTISEMENT

# # #


आगलागीबाट मियाँसँगै मतिउल्लाह मुसलमान, समीम मुसलमान, नसीम मुसलमान, हबिरहमान, गफफार मुसलमान, कलाम खाँ, गुच्चे मुसलमान, अजमत अलि, अजीमुल्लाह मुसलमान, अहमद हुसेन, सलाहुद्दीन, याकूफ नाँउ, नजीर मिया र मोहम्मद मुसलमानको ५० बिगाहामा लगाईएको गहुँबाली नष्ट भएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका तथा सिद्धार्थनगर नगरपालिकाबाट गएका दमकलले तीन घण्टा पछि आगलागी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीले बताए । यसअघि शुक्रवार पनि ठूलो पडरियाका तीन जना किसानको ९ विगाहा खेतमा पाकेको अवस्थाको गहुँ जलेर नष्ट भएको थियो ।

स्थानीय सोनाउल्लाह मुसलमान, हबीबुल्लाह मुसलमान, र गरीबुल मुसलमानको ९ बिगाहा खेतको गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । स्थानीय बहोरन लोधले मेशिनले खेतमा काटेको गहुँको ठूटा जलाउने क्रममा फैलिएको आगो नियन्त्रणमा आउन नसकेपछि ९ विगाहमा लगाईएको गहुँ नष्ट भएको बताईएको छ ।

गहुँबाली जलेपछि लोधले तीनजना किसानलाई ५५ हजार गाउँ समाजले क्षतिपूर्ति वापत जरिवानासमेत तिर्न लगाएको स्थानीय समीउल्लाह मुसलमानले जानकारी गराए।