काठमाडौं–काठमाडौंबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने सवार बोलेरो जिपलाई पोखराबाट दुलेगौडा जाँदै गरेको ट्रकले ठक्कर दिँदा लामिछाने घाइते भएकि छन्।


ADVERTISEMENT


पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडास्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । ठक्कर पछि जिप पल्टिएको थियो । जिपमा सवार उपमेयर सहित उनकी छोरी, चालक विनोद क्षेत्री र शिब क्षेत्री घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


उनीमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जिप, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।