काठमाडौ– एमाले र माओवादी पार्टी एकता संयोजन समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।


ADVERTISEMENT


माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यमा सामान्य खरावी आएपछि बैठक स्थगित गर्नुपरेको नेताहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण बुधबार बेलुका ५ बजेलाई तय गरिएको थियो ।
आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका दुई दलले यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा समितिमा छलफल गरेर सहमति जुटाउने नेताहरुले बताउदै आएका थिए ।

गत चैत २० गते राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले दुई प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह, प्रस्तावनामा जनयुद्ध शव्द राख्ने या नराख्ने तथा एकीकृत पार्टीमा रहने सदस्य कुन पार्टीका कति भन्नेमा दलहरुवीच विवाद छ । तर, नेताहरुले भने बाहिर आएजस्तो विवाद नभएको दावी गर्दै अएका छन् ।

कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे छलफल भएको थिएन ।
प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै त्यसवारे छलफल गर्ने नेताहरुले बताएका थिए ।